शुक्रबार, १४ वैशाख २०८१

चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति, विद्युत् आपूर्ति बन्द

समयपोष्ट २०७८ वैशाख ३ गते १७:०४

Advertisement

चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पु¥याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पु¥याएको छ । निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराउनुभयो । “प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।”

विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताउनुभयो । चट्याङले जलविद्युत् आयोजनामा पु¥याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री