मंगलबार, ६ चैत २०८०

प्रधानमन्त्री ओलीले भने-हामीलाई गरेको कारबाही किर्नाले भैंसी खाए जस्तै

समयपोष्ट २०७७ चैत ३० गते २१:०५

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीलाई ध्वस्त पार्ने प्रयास भए ‘ठिक लगाउने’ चेतावनी चेतावनी दिएका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ । बोलिरहनुभएको छ । तर म सिमा हेरिहेको छु । तपाईंहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।’

ओलीले भने,’ढुक्क हुनुहोस् छद्मभेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतीविरोधी तत्त्वहरुलाई अगाडि जान दिइने छैन’ उनले खनाल–नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए’ जस्तो भनी व्यंग्य समेत गरे ।

प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दै समर्थन फिर्ता लिने चुनौती दिए । उनले आफूलाई कसैको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान भने । उनले भने, ‘प्यादाले मन्त्री खान्छ चेसमा । भुसुनाले लामखुट्टेले हात्ती खान्छ । उपियाँले मान्छे खान्छ । कति खान्छ ? तिनीहरुले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो । उपियाँले मान्छे खाए जस्तो । किर्नाले भैंसी खाँदैन । किर्नाले भैंसी खान्छ नि । किर्नाले भैंसी खाएको देख्नुभएको छ कि छैन । यिनीहरुले हामीलाई गरेको कारबाही त्यस्तै हो । किर्नाले भैंसी खाए जस्तै । किर्नाले भैंसी खाने ? मनको यिनको रहर हो । तर हामी किर्ना किर्नाकै ठाउँमा हुन्छ । भैंसी भैंसीकै ठाउँमा हुन्छ । सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो । भैंसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झर्‍यो । मजाले भैंसी खाया, पुटुक्क भयो , फुत्रुक्क झ्यो । कति रोएका ? राजीनामा देऊ राजीनामा देऊ । हटाउन न । हटाउ ! समर्थन किन गरिरहन्छौं ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ । मसँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ । लैजाउँ । चाहिएको छैन तिम्रो समर्थन । लैजाउ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री