शुक्रबार, १६ चैत २०८०

डिशहोमको “खुशीको उडान” योजना : पहिलो दुई बिजेता घोषित

समयपोष्ट २०७७ चैत २७ गते १८:४४

Advertisement

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै सुरु गरेको “खुशीको उडान” योजना अन्तर्गत लक्की ड्र मार्फत पहिलो दुई जना विजेता घोषित भएका छन् ।

हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट क्यास आइ डि नम्बर ०२५५८१३३९६० र ०२५१९२५०८८५ बिजेता घोषित भएका हुन् । विजेता
दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्ने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् । साथै इ–वालेट एप्स् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले बार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् ।

डिशहोम लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण चैत २६, २०७७ मा पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा भएको कम्पनीले जनाएको छ ।

डिशहोमा अब अर्को प्रत्यक्ष प्रसारण बैशाख ०२, २०७८ बिहीबार, माथि उल्लेखित च्यानलहरुमा नै हुनेछ । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री