शुक्रबार, ७ वैशाख २०८१

बेसार पानी खान आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने-फेरी लकडाउन हुँनसक्छ

समयपोष्ट २०७७ चैत २६ गते १७:५८

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे फेरी लकडाउन हुँने बताएका छन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै कोभिड–१९ को संक्रमणदर बढ्दै गए फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लकडाउन गर्ने योजना नभएको तर कोभिडले उग्र रुप लिए देश ठप्प पार्नुुपर्ने अवस्था आउँने भन्दै उनले भने, ‘हामी सकेसम्म लकडाउन गर्दैनौं । त्यो हाम्रो योजना छैन । तर, तपाईंहरुकै कारण सुरक्षित र सचेतना अपनाउनु भएन भने, कोभिडले फेरि उग्र रुप लिन सक्छ । त्यतिखेर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ ।’

प्रधानमन्त्री ओलीले पुनः बेसार पानी खान आग्रह गर्दै, सफा सुग्घर हुन, साबुन पानीले हात मुख नियमित धुन र बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन समेत सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री