बिहीबार, ६ वैशाख २०८१

इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति

समयपोष्ट २०७७ चैत २२ गते १९:४४

Advertisement

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ ।

बैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली ग्राहकले एक महिनाका लागि शतप्रतिशत छात्रवृति पाउने कम्पनीले जनाएको छ । जुन छात्रवृति रू ५ हजारसम्मको हुनेछ ।

यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत जसको शैक्षिक शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले मात्र छात्रवृति प्राप्त गर्नेछ । एजेन्ट नेटवर्कबाट भुक्तानी गरिएपनि जसको शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले नै छात्रवृति प्राप्त गर्नेछ । हाल मुलुकभरका २ हजार भन्दा धेरै विद्यालयहरूमा इसेवा मार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिनेछ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।
हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ९० हजार नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री