शनिबार, ५ जेठ २०८१

इरफान पछि फेरी बलिउडले गुमायो अर्का चर्चित हस्ती, अब रहेनन् ऋषि कपुर

समयपोष्ट २०७७ वैशाख १८ गते १०:३५

Advertisement

बलिउड अभिनेता इरफान खानको मृृत्यु भएको भोलिपल्टै अर्का चर्चित अभिनेता ऋषि कपुरको पनि मृत्य भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

Advertisement

उनको क्यान्सरको उपचारको चलिरहेको थियो । इरफान खानको पनि क्यान्सरकै कारण निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री