शनिबार, ५ जेठ २०८१

पैसा आउने बाटो बन्द भएपछि अभिनयमा प्रवेश गरेका थिए इरफान, अहिले कति छ उनको सम्पत्ति ?

समयपोष्ट २०७७ वैशाख १७ गते १७:४१

 

Advertisement

 

बलिउडका चर्चित अभिनेता इरफान खान भारतको जयपुर, राजस्थानमा सन् १९६७ जनवरी ७ मा जन्मिएका थिए ।

उनका पिता उद्यमी हुन् भने आमा गृहिणी । उनका दुई भाई सलमान खान र इमरान खान छन् भने एक बहिनी रुखसाना बेगम छिन् । उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य बिद्यालयमै आवद्ध थिइन् । उनीहरुको कोखबाट दुई छोरो जन्मिए, अयान खान र बबिल खान ।

Advertisement

इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरे । सन् १९६७ मा । त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे । यसबीचमा इरफानले हसिल, लाइफ इन ए ..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वल्र्ड जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे । इरफानले ‘स्लमडग मिलियनेयर र लाइफ अफ पाई’ फिल्ममा काम गरे । यी दुबै फिल्मले केही विधामा ओस्कार अवार्ड जितेको थियो ।

करियरको पूवाद्र्धमा इरफान खान कार्टुन बनाउथे । स्थानिय अखबार दैनिक भास्कर र स्वदेशमा उनले कार्टुन बनाए । दिल्लीको श्रीधरणी आर्ट ग्यालरीमा आफ्नो चित्र प्रदर्शन गर्ने क्रममा उनी नवभारत टाइम्समा जोडिए । त्यसपछि उनी अरु थुप्रै मूलधारका पत्रिकामा कार्टुन बनाउन थाले ।

बरिष्ठ कार्टुनिस्टको चिनारी बनाइरहेकै बेला उनले आफ्नो टक शो होस्ट गरे, एनडिटिभीमा । यो सन् २००३ को कुरा हो । पछि एशियाई कार्टुन प्रदर्शनीमा पनि उनी भारतको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा कार्टुन देखाउन पुगेका थिए ।

त्यसबेला उनी करियरको सुरुवाती चरणमा थिए । उनी सडकमा थिए । दुखपूर्ण जीवन थियो । ठिक त्यही बेला उनको जीवनमा आइन् सुतपा । जोसंग उनले पछि विवाह गरे ।

तर, त्यसभन्दा अगाडि उनले अर्को दुखको सामना गर्नुपर्यो । बुबाको मृत्यु भयो । घरको आयस्रोत सबै बन्द भयो । इरफानलाई घरबाट पैसा आउने बाटो बन्द भयो । यस्तै दुखदायी क्षणमा उनले अभिनय सिके । र, त्यसकै लागि निरन्तर डटिरहे । अन्तत: टेलिशृंखला हुँदै उनी फिल्मी दुनियाँमा प्रवेश गरे ।

इरफानले एउटा फिल्ममा अभिनय गरे बापत भारु १२ देखि १४ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका थिए । उनको मुम्बईमा एक फ्ल्याट छ, जसमा उनी आफ्ना परिवारसँग बस्थे । त्यस फ्ल्याइटको मूल्य भारु करिब तीन करोड हो । इरफानसँग चारवटा गाडी थियो । उनीसँग करिब भारु ८० करोड बराबरको सम्पति भएको बताइन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री