शनिबार, २२ वैशाख २०८१

‘हट एण्ड बोल्ड’ अभिनेत्री अदितीले दिईन् यस्तो सल्लाह

समयपोष्ट २०७७ वैशाख ६ गते १०:१५
कोरोना भाइरसको संक्रमणबाट देशलाई बचाउन सरकारले लकडाउन घोषणा गरेपछि अभिनेत्री अदिती बुढाथोकी घरभित्रै सीमित भएकी छन् ।
भारतको मुम्बई बसेर बलिउड प्रवेशका लागि संघर्ष गर्दै आइरहेकी उनी एक फिल्ममा अभिनय गर्नका लागि गएको महिना नेपाल आएकी थिइन् । तर, उनी नेपाल आएको केही दिनमा नै देश लकडाउन भयो र उनी घरभित्रै नजरबन्द भइन् ।
नौं लाखभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राममा निकै सक्रिय रहने अदिती दैनिकजसो आफ्ना ‘हट एण्ड बोल्ड’ तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् ।
लकडाउनको समयमा भने उनले घरभित्रै खिचेका तस्विरहरु पोस्ट्याउने गरेकी छन् । बिहीवार उनले घरको छतमा वर्कआउट गरिरहेको आफ्ना केही तस्विरहरु शेयर गरेकी थिइन् । जसमा उनको शरीर निकै फिट देखिएको छ ।
उनले लकडाउनमा वर्कआउट गरेर आफ्नो शरीरलाई फिट राख्न सल्लाह दिएकी छन् ।
अदितीले वर्कआउट गर्दै गरेको तस्विरसँगै क्याप्सनमा लेखेकी छन्, ‘घरमा हरेक दिन वर्कआउट गर्ने कोशिश गर्नुहोस् र फिट रहनुस् । म सबैलाई ध्यान गर्न पनि सल्लाह दिन्छु ।’
स्वास्थ्यमा विशेष ध्यान दिने उनले लकडाउनका कारण जिम जान नपाएपछि घरभित्रै वर्कआउट गर्ने गरेकी छन् ।
https://www.instagram.com/p/B_EczqQJ_oV/

प्रतिक्रिया

सम्बन्धित सामाग्री