आइतबार, २३ वैशाख २०८१

सडकका कुकुरलाई खान खुवाउँन सक्रिय अभिनेता अभिनेत्री

समयपोष्ट २०७७ वैशाख ६ गते ९:००

Advertisement

कोभिड १९ महामारीका कारण अहिले देश लकडाउनमा छ । लकडाउनका कारण सडकमा आश्रित कुकुर भोकै पर्न थालेका छन् । यस्ता कुकुरलाई खुवाउन अहिले नेपाली चलचित्रका केही कलाकार सक्रिय देखिएका छन् ।

नेपाली चलचित्रका नायक नायिकाले सडकमै पुगेर कुकुरलाई खुवाउन थालेका हुन् । यो अभियानको सुरुवात अभिनेत्री वर्षा सिवाकोटीले दुई साता अघिबाट गरेकी हुन् । वर्षाले आफ्नो घर नजिकका कुकुरलाई साँझ बिहान नियमित रूपमा खाने कुरा खुवाउने गरेको बताएकी छिन् । त्यस्तै अभिनेत्री वर्षा राउतले पनि सडकका कुकुरलाई खुवाउने काम सुरु गरेकी छिन् ।

अर्की अभिनेत्री प्रियंका कार्की पनि आफ्ना श्रीमान् एवं अभिनेता आयुष्मान देशराज जोशीसँग मिलेर यो काम गर्दै आएकी छिन् । उनीहरूले आफ्नो बासस्थान वरपरका थुप्रै बिजुलीका पोलहरूको तल हरेक दिन कुकुर र अन्य जनावरका लागि बट्टामा खाना र पानी राखिदिने गरेका छन् । यसरी पोलमा कसरी बट्टालाई बाँधेर राख्ने भन्ने तरिका पनि उनले एउटा भिडियो फेसबुकमा सेयर गरेर सिकाएकी छिन् । उनले आफ्ना क्षेत्रका पशुपन्छीका लागि यसैगरी खाना र पानी राखिदिन पनि सबैलाई अनुरोध गरेकी छिन् ।

Advertisement

झण्डै एक साता अघि स्नेय स्नेहा केयरको साथमा काठमाडौंका विभिन्न स्थानमा पुगेर सांसद तथा गायिका कोमल वलीले सडकमा रहेका कुकुरलाई खाना खुवाएकी थिईन् । कोमलले सामाजिक सञ्जालमा कुकुरहरुलाई खाना खुवाएको केही तस्बिर शेयर गर्दै ले पशुपंक्षीको जीवन मानिसको जत्तिकै अमुल्य भएको भन्दै आफुले खाएर बचेको शुद्ध खानेकुरा छत तथा गेट बाहिर राखिदिए कोरोनाको कारण खान नपाएर कसैको ज्यान जाने थिएन भनेर लेखेकी थिईन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री