सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निःशुल्क
समयपोष्ट
२०७६ चैत २१ गते १२:५३
सेलकमको सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तो डिलसँग सहकार्य गरेको छ । ग्राहकले सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् ।
हाल विश्व भरी फैलिदै गरेको कोरोनाभाइरस (कोविड–१९)को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी सस्तो डिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ ।
प्रतिक्रिया