शनिबार, ५ जेठ २०८१

दहीसंगै भुलेर पनि नखानुहोस् यी चिज

समयपोष्ट २०७५ चैत १५ गते १५:०७

Advertisement

आँप र दही

आँपलाई फलको राजा पनि भनिन्छ । पर्याप्त मात्रामा भिटामिन ए पाइने यस फल दहीसंग भने भुलेर पनि खानु हुँदैन । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ ।

चीज र दही

आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकैपटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

Advertisement

इडलीडोसासँग दही

यो परिकार नेपालको होइन तथापि कतिपय भारतीय तथा नेपाली रेष्टुराँहरूले यो परिकार सर्भ गर्छन् । इडली बनाउँदा दही मिसाइएको त हुन्छ तर पनि यसमा दही थपेर खाँदा स्वास्थ्यमा विगार गर्नसक्छ ।

केरा र दही

हामीकहाँ दहीको नाम लिनेबित्तिकै केराको नाम पनि आइहाल्छ । दही र केरा मिसाएर खुबै खाइन्छ पनि । यसपछि धेरैले पेट चस्किएको गुनासो पनि गर्छन् । तर दही र केरालाई एकसाथ सेवन गर्नु राम्रो मानिँदैन । खानै परे पनि २ घन्टाको फरक पारेर मात्र खानुपर्छ ।

मासको दालसँग दही

मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरेसरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री