मंगलबार, २५ वैशाख २०८१

अन्तत: विवाह गर्दै अर्जुन मलाइका,गोप्य भन्दा भन्दै बाहिरीयो मिति

समयपोष्ट २०७५ चैत १४ गते १०:३७

Advertisement

बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाह पक्का भएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका र अर्जुनले १९ अप्रिल,२०१९ मा विवाह गर्ने भएका हुन् ।

स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ ।

यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको छैन । भारतीय मिडिया अनुसार विवाहको तयारी जोडतोडका साथ सुरु भइसकेको छ । उनीहरुले क्रिश्चियन रितिरिवाजमा विवाह गर्ने बताइएको छ । मलाइका अर्जुनले तयारीमा लागेका सबैलाई विवाहको खबर गोप्य राखिदिन आग्रह गरेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री