मंगलबार, २५ वैशाख २०८१

सम्पत्तीमा अन्य बलिउड कलाकार भन्दा कम छैनन् हेमा

समयपोष्ट २०७५ चैत १३ गते १२:४७

Advertisement

हेमा मालिनी युपीबाट लोकसभा चुनावका लागि मथुराबाट बिजेपीकी उम्मेद्वार बनेकी छिन् ।

अभिनयबाट राजनीतिमा प्रवेश गरेकी हेमा मथुराबाटै सांसद भएकी हुन् । उम्मेद्वारी दर्ता गर्दा उनले आफ्नो सम्पत्ति १०१ करोड भारु लेखेकी छिन् ।

शपथपत्रका अनुसार पछिल्लो पाँच वर्षमा उनको सम्पत्ति ३४ करोड भारु बढेको छ । हेमाको स्वअर्जित सम्पत्तीको कूल मूल्य एक अर्ब एक करोड, ११ लाख, ९५ हजार तीन सय भारु हो ।

जबकी उनको बैंक खातामा जम्मा, नगद र गरगहना १३ करोड २२ लाख ९६ हजार ९४५ भारुको छ । सन् २०१४ मा हेमाको सम्पत्ति ६६ करोड भारु थियो ।

Advertisement

शपथ पत्रका अनुसार उनका जीवनसाथी धमेन्द्र सिंह देओलको सम्पत्ति पछिल्लो पाँच वर्षमा भारु १२.३० करोडको वृद्धि भएको छ ।

शपथपत्रका अनुसार आयकर विभागलाई बुझाएको रकम अनुसार हेमा मालिनी र धर्मेन्द्रको संयुक्त सम्पत्ति पछिल्लो पाँच वर्षमा हरेक वर्ष १० करोड भारुले वृद्धि भइरहेको छ ।

पछिल्लो पाँच वर्षमा उनीहरुले ९.८७ करोड भारु सम्पत्ति आर्जन गरेका छन् जबकी यो क्रममा उनका श्रीमान् धर्मेन्द्रले ९.३७ करोड भारुको सम्पत्ति आर्जन गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री