मंगलबार, २५ वैशाख २०८१

उर्मिला मतोंडकर चुनाव लड्दै, बलिउडबाट अरु क-कसले दिदैछन् उम्मेदवारी ?

समयपोष्ट २०७५ चैत १३ गते १२:३९

Advertisement

भारतमा हुन लागेको लोकसभा चुनावले यतिबेला बलिउड समेत तातेको छ । यतिबेला बलिउड कलाकारहरु विभिन्न राजनीतिक दलमा प्रवेश गर्ने क्रम जारी छ ।

अप्रिल ११ बाट सुरु हुने लोकसभा निर्वाचनका लागि मंगलबार जया प्रदा भारतीय जनता पार्टी प्रवेश गरिन् भने शत्रुघन सिन्हा भाजपा छोडेर भारतीय काँग्रसमा प्रवेश गर्ने हल्ला छ ।

यसैबीच ‘रंगिला गर्ल’ भनेर चर्चित बलिउड अभिनेत्री उर्मिला मतोंडकरले पनि काँग्रेस प्रवेश गर्ने तयारी गरिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

काँग्रेसबाट उनले उत्तम मुम्बई लोकसभा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ । भाजपाबाट उक्त क्षेत्रमा गोपाल सेट्टीले उम्मेदवारी दिने बताइएको छ ।

Advertisement

मुम्बई काँग्रेसका अध्यक्ष संजय निरुपमले उर्मिलासँग यस विषय छलफल भइरहेको पुष्टि गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। निरुपमले उर्मिलाले काँग्रेसको प्रस्ताव स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।

काँग्रेसले सेट्टीलाई टक्कर दिन धेरै दिनदेखि ‘हाई प्रोफाइल भएका व्यक्ति’ खोजिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री