बुधबार, २६ वैशाख २०८१

पार्कमै यस्तो अवस्थामा फेला परे जस्टिन बिबर र हैली बाल्डविन

समयपोष्ट २०७५ चैत १० गते ११:४५

Advertisement

गत वर्ष मात्र पेपर म्यारिज गरेका जस्टिन बिबर र हैली बाल्डविनको सम्बन्धमा खटपट सुरु भएको छ। उनीहरू उनीहरूलाई हालै पार्कमा विवाद गरिरहेको अवस्थामा पश्चिमी मिडियाले फेला पारेका छन् ।

डेलिमेलका अनुसार जस्टिन र हैलीलाई गत शनिबार बिहानै सार्वजनिक रूपमा झगडा गरिरहेको भेटिएको हो । क्यालिफोर्नियाको एक पार्कमा रिसाएर बसेका उनीहरूमा तनाव बढिरहेको प्रस्टै देखिन्थ्यो । विवादका क्रममा जस्टिन बारबार बसेको ठाउँबाट उठेर जाने प्रयास गरिरहेका थिए ।

केही समयअघि जस्टिनले तनावका कारण आफूलाई संसारभन्दा टाढा रहेको महसुस भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘म सधैँ आफूलाई सम्झाउँछु, यसैकारण ज्यादा चिन्तित हुँदिनँ । मात्र तपाईंहरूसम्म जानका लागि कोसिस गर्छु र मेरा लागि प्रार्थना गरिदिनुहोस् भन्ने चाहन्छु ।’

उनले आफ्नो भगवान्प्रति पूर्ण विश्वास भएको र प्रार्थनाले काम गर्ने बताएर फ्यानहरूलाई धन्यवाद दिएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री