शुक्रबार, १४ वैशाख २०८१

दादुराबाट प्रभावित हुनेहरुको संख्या २१ हजार नाघ्यो, ३१५ जनाको दादुराकै कारण मृत्यु

समयपोष्ट २०७५ चैत ७ गते २०:५९

Advertisement

फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ ।

प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु भएकाहरूको संख्या काभिट, लगुना, बातान्गास, रिजाल र क्वेजोनमा धेरै रहेको छ । ती सवै प्रान्तहरुमा गरेर कुल ४४ सय १ प्रभावित भएका थिए भने ८७ जनाको मृत्यु भएको अधिकारीहरुको भनाई छ ।

सवैभन्दा धेरै एकदेखि चार बर्षसम्मका उमेर समूहका मानिसमा दादुराको प्रभाव धेरै देखिएको छ । त्यस उमेर समूहका छ हजार १८० अर्थात् २९ प्रतिशत विरामी रहेका छन् । त्यसैगरी उक्त उमेर समूहबाट मृत्यु हुनेको संख्या पनि १४२ अर्थात् ४५ प्रतिशत रहेको छ । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामाग्री