शनिबार, ८ वैशाख २०८१

डिएनए रिपोर्टमा एसपी विष्ट र उनका छोराको १२ क्यारेक्टर म्याच,इन्स्पेक्टर भट्टको पनि मिलेपछि प्रहरी तीन छक्क

समयपोष्ट २०७५ चैत ६ गते १४:२७

Advertisement

कञ्चनपुरमा साउन ७ गते बलात्कारपछि मारिएकी बालिका निर्मला पन्तकै सन्दर्भमा चलिरहेको अनुसन्धानको प्रसंग हो यो ।

यस्तो संवेदनशील विषयमा मजाक त गर्नु हुँदैन, तर कहिले यो कहिले त्यो पाटो केलाउँदा प्रहरीहरुले भोगेको हैरानीको बयान गरिसाध्य छैन । भनिन्छ नि, यस्ता विषयको अनुसन्धानमा डिएनए परीक्षण अकाट्य विधि होइन । एकजना दुई जना होइन, पाँचपाँच जना विशेषज्ञ डाक्टर सम्मिलित भएर आशंकित व्यक्तिको डिएनए परीक्षण चलिरहेको छ । निर्मलाको भेजिनल स्वाबमा वाइ क्रोमोजोम , अर्थात पुरुष शुक्रकिट भेटएको छ । उता संसारमा डिएनएको ३५–३६ वटा क्यारेक्टर विकास भइसकेको छ । नेपालमा चाहिं १६ क्यारेक्टरको मात्र सुविधा छ । त्यसैले यदि कोही व्यक्ति साँच्चै नै निर्मलामाथि बलात्कारमा संलग्न भएको भए १६ मा १६ नै मिलेको हुनुपर्ने, अन्यथा निर्दोष ठहरिएर छुट्ने खतरा छ । किनभने १४ क्योक्टर मिलेको मान्छे कञ्चनपुरमा थुप्रै भेटिएका छन् । यो क्यारेक्टरको फण्डा कस्तो भने बयानमा बलात्कारपछि हत्या आरोप स्वीकारेका र प्रारम्भिक अनुसन्धानक्रममा पक्राउ परेका दिलिपसिंह विष्टको ७ क्यारेक्टर निर्मलासँग मिल्छ । अनि तत्कालिन एसपी डिल्लीराज विष्ट र उनका छोराको १२ क्यारेक्टर मिलेको छ । घटनाका बेला त्यहीं कार्यरत इन्स्पेक्टर जगदीश भट्टको १३ क्यारेक्टर मिलेको छ ।

प्रहरीले अनुसन्धान क्रममा भट्टहरुको तिनपुस्ते निकालेको छ । त्यसपछि गरिएको डिएनए परीक्षणमा बैतडीका भट्टहरुको १४ क्यारेक्टर मिलेका छन् । यो क्यारेक्टर धेरै र थोरै हुने कुराले हैरानी भएपछि नेपाल प्रहरीको विधिवज्ञान प्रयोगशालाका एसएसपी राकेश सिंहले आफ्नै पनि रगतको नमुना संकलन गरी त्यसलाई डिएनएमा पठाउँदा १२ क्यारेक्टर मिलेको छ । यसपछि चाहिं प्रहरीहरु एउटा निचोडमा पुगेका छन्, १५ मा १५ क्यारेक्टर मिले पनि अब चाहिं पत्याइन्न । १६ मा १६ नै मिल्यो भने बल्ल ती व्यक्तिमाथि थप अनुसन्धान गर्ने हो । फेरि १६ मा १६ नै मिले मात्र भएन । त्यसरी डिएनए क्यारेक्टर मिलेका व्यक्ति घटनास्थलमा भए/नभएको बिटिएस प्रणालीले पुष्टि गर्नुपर्छ । टेलिफोन सेवाअन्तर्गत वेष्ट ट्रान्सफर सर्भिस अर्थात आकाशीय विकिरणले सम्बन्धित व्यक्ति त्यस दिन, त्यस समयसमा घटनास्थलमा छ भन्ने कुरा नदेखाई ऊ दोषी हुन सक्दैन । भनिँदैछ, अहिले नास्टमा निर्मलाको भेजिनल स्वाबको नमुना सकियो । तर, यो कुरा १६ आना गलत भएको अनुसन्धानकर्मीहरु बताउँछन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री