शनिबार, १५ वैशाख २०८१

बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप हुने, डिस मिडिया नेटवकबाट प्रत्यक्ष प्रसारण

समयपोष्ट २०७५ चैत १ गते १८:१८

Advertisement

डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । आउँदो बैशाख २८ गते नेपाल रिङ रेस्लिङ संघले त्रिपुरेश्वरस्थित कर्भडहलमा आयोजना गर्न लागेका उक्त च्याम्पियनसिपको मिडिया पार्टनर समेत रहेको डिस मिडिया नेटवकले प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

नेपाल र चीनबीचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा उक्त च्याम्पियनसिपको आयोजना गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

वान वेल्ट वान रोड चीनद्वारा प्रायोजित एक योजना हो । जसमा पुरानो सिल्क रोडको आधारमा एसिया, अफ्रिका र युरोपका देशका सडक र रेलमार्गसँग जोडिने छन् । यो योजनाले समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान दिने देखिएकाले अभियानकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालले विआरआइको माध्यमबाट नेपाल चीनको सम्बन्धलाई अझ घनिष्ट बनाउने विश्वास लिएको छ ।
यो प्रतियोगिताले खेलकुदको माध्यमबाट समेत चीन र नेपालको सम्बन्धलाई बलियो बनाउन केहि योगदान दिने संघको विश्वास छ ।

३ बजेबाट सुरु हुने उक्त प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहने छ ।

प्रतियोगितामा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता रहने छ । चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बाको सहभागिता रहने छ भने हङकङका के सी, चियरम्यान एएल, मिचेल सुले पनि रहभागिता जनाउने छन ्। न्यूजिल्यान्डका टोमी कम्ब्याटका पनि सहभागिता हुने छ । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्का रहने संघले जनाएको छ।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिन ेछ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् ।

प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान गरिएको छ । यस अघि पनि संघले अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री