शनिबार, ५ जेठ २०८१

कपाल प्रत्यारोपण गराएको केही घण्टापछि ब्यापारीको मृत्यु

समयपोष्ट २०७५ फागुन २९ गते १५:३१

Advertisement

कपाल प्रत्यारोपण गरेको ५० घण्टापछि भारतमा एक ब्यापारीको मृत्यु भएको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार ४३ बर्षिय भारतीय व्यापारी श्रवण कुमार चौधरीले मुम्बईस्थित एक प्राइभेट अस्पतालमा कपाल प्रत्यारोपण गराएका थिए । उनको कपाल प्रत्यारोपण गरेको ५० घण्टापछि मृत्यु भएको हो ।

गत शुक्रबार उनको अनुहार र घाँटी सुन्निएका कारण सास फेर्न गाह्रो भएपछि महाराष्ट्रको हिरानन्दनी अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा उनलाई एनाफिल्याक्टिक सक भएको पत्ता लाग्यो । यो पेनकिलर र औषधीको रियाक्सनका कारण हुने गर्दछ । उनको शनिबार बिहानै मृत्यु भयो ।

रिपोर्टका अनुसार उनले ९ हजार पाँचसय वटा रौं रोपेका थिए । यसका लागि १५ घण्टा लागेको थियो । उनको कपाल प्रत्यारोपण डाक्टरले कुनै औषधीको रियाक्सनका कारण एलर्जी भएको र उनको ज्यानै गएको दाबी गरे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री