बुधबार, १२ वैशाख २०८१

क्योदाइ रेमिट्यान्स आईएमईको ५ लाख सम्मको दुर्घटना बीमा योजना

समयपोष्ट २०७५ फागुन २६ गते १६:२७

Advertisement

जापानस्थित क्योदाइ रेमिट्यान्स आईएमईले सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ ।

आईएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको हो ।

उक्त योजनामा जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने ब्यक्तिले भुक्तानी पाएको दिन देखी ५ लाखको १ बर्षे दुर्घटना जीवन बीमा प्राप्त गर्न सक्नेछन् ।

क्योदाइ रेमिट्यान्स् आईएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ ।

सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेमध्यबाट २ हजार १ सय ३७ जनाको ५ लाखको १ बर्षे दुर्घटना जीवन बीमा गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री