शनिबार, ५ जेठ २०८१

प्रभासलाई प्रशंसकले एयरपोर्टमा हानिन् थप्पड, हेर्नुहोस् भाइरल भिडियो

समयपोष्ट २०७५ फागुन २१ गते १३:३९

Advertisement

बाहुबली रिलिज भएको दुई वर्ष बितिसकेको छ ।  बाहुबलीपछि  प्रभासको  कुनै पनि मुभि रिलिज भएको छैन । र पनि प्रभास मानिहरु माझ निकै चर्चित छन् ।

उनै प्रभासलाई हालै एयरपोर्टमा देखिएको थियो । उनलाई एयरपोर्टमा देखेर उत्साहित भएकी एक प्रशंसक उनलाई थप्पड नै हानेकी छिन् – तर हल्का तरिकाले ।

वास्तवमा, ती प्रशंसकले एयरपोर्टमा प्रभासलाई रोकिन् र उनीसँग तस्बिर खिचाइन् । ती प्रशंसक निकै उत्साहित देखिएकी थिइन् । फोटो खिचाएपछि ती प्रशंसकले प्रभासलाई गालमा हल्का तरिकाले थप्पड हानिन् । त्यसपछि उनले आफ्नो गाला सुम्सुम्याउँदै अर्का प्रशंसकसँग फोटो खिचाउन थाले । प्रभास र उनकी चुलबुले प्रशंसकको भिडियो भारतीय सोसल मिडियामा पनि निकै चर्चित भइरहेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री