शनिबार, ५ जेठ २०८१

आलिया सगरमाथा चढ्ने पहिलो भारतीय महिला

समयपोष्ट २०७५ फागुन २१ गते १२:३१

Advertisement

आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा काम गर्ने भएकी छिन् ।

आलियाले अहिले अरुणिमा सिंहाको बायोपिक‘बर्न एगेन टु दि माउन्टेन’ अध्ययन गरिरहेकी छिन् । उक्त किताबमा

अरुणिमाले आफ्नो जीवन संघर्ष उतारेकी छिन् । यो चलचित्रले आलियाको करिअरलाई धेरै सहयोग गर्ने अनुमान सुरु भइसकेको छ । चलचित्रको लागि आलियाले पनि भरपूर मिहिनेत गर्नेछिन् ।

खबरका अनुसार निर्माण युनिट र आलिया बीच औपचारिक सम्झौता भने हुन बाँकी नै छ । तर, चलचित्रको विषयलाई लिएर आलिया सकरात्मक छिन् । चलचित्रको छायांकन २०२० मा गरिने बताइएको छ ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री