शनिबार, ५ जेठ २०८१

आकाश अम्बानी र श्लोका मेहता प्री-वेडिंग सेलिब्रेशन,यस्तो लुक्समा देखिए बलिउड स्टार्स (फोटोफिचर)

समयपोष्ट २०७५ फागुन २१ गते १२:१७

Advertisement

 

 

आकाश अम्बानी र श्लोका मेहताको प्री वेडिंग सेलिब्रेशन स्विट्सरलैंडमा सुरु भैसकेको छ ।

उनीहरुको विवाह ७ मार्चमा मुम्बइमा हुने छ भने रिसेप्सन ११ मार्चमा हुने भारतिय मिडियाहरुले जनाएका छन् । आकाश-श्लोकाको प्री-वेडिंग सेलिब्रेशनका तस्विरहरु बलिउडका केही चर्चित हस्तिहरुले सामाजिक सञ्जालमा पोष्ट गर्न थालिसकेका छन् ।

Advertisement

 

 

प्री-वेडिंग सेलिब्रेशनमा शाहरुख खान, आमिर खान, ऐश्वर्या, अभिषेक बच्चन, रणबीर कपूर, आलिया भट्ट, विद्या बालन सहित तीन सय पाहुनाहरु आमन्त्रित थिए ।

प्री वेडिंग सेलिब्रेशनमा आलिया भट्ट गोल्डन कलर गाउनमा देखिएकी थिइन् । आलिया स्मोकी आइज र न्यूड लिपस्टिकमा निकै ग्लयामरस देखिएकी थिइन् ।

समारोहमा दिशा पटानी व्हाइट गाउनमा देखिएकी थिइन् ।

जोन अब्राहम पत्नी प्रिया रुंचालसंगै पुगेका थिए । प्रियाले व्हाइट लेस गाउन लगाएकी थिइन् भने जोन ब्लाक शर्टमा ह्यान्सम देखिएका थिए ।

खुशी कपूर क्रीम कलरको गाउनमा निकै आकर्षित देखिएकी थिइन् भने बिद्या बालन पनि आकाश-श्लोकाको प्री-वेडिंग सेलिब्रेशनमा पुगेकी थिइन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री