बिहीबार, १५ चैत २०८०

पक्राउ परेका भारतीय वायु सेना पाइलटका छोरालाई पाकिस्तानी सैनिकले लेखे मनछुने पत्र

समयपोष्ट २०७५ फागुन १७ गते १३:१२

Advertisement

पाकिस्तानी सेनाले भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्तमानका छोरालाई सम्बोधन गर्दै  एक पत्र लेखेको छ । यो पत्र अभिनन्दन, उनकी पत्नी र उनका छोराको पारिवारिक फोटोसहित ‘पाकिस्तानी आर्म्ड फोर्सेज’को फेसबुक पेजमा पोस्ट गरिएको छ ।

बिहीबार पाकिस्तानी संसदको बैठकमा  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई शुक्रबार भारतलाई सुम्पिने घोषणा गरेसंगै पाकिस्तानी सेनाले पत्र लेखेको हो ।

पत्रमा भनिएको छ- ‘हाइ लिटिल बन्नी, बधाइ छ । तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए । बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ । जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनु ।

उनीसँग सोध्नू – ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ? उनीसँग सोध्नू – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ? उनीसँग सोध्नु – युद्ध र घृणाको मूल्य के हुन्छ ?

जवाफको प्रतिक्षामा हुनेछु । खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितासंग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै एउटा कुरा, म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । आफ्ना पितासँग खुसी रहनु।

मानवता प्रेमी !

 

Hi little bunny!!Congrats you are going to hug your Dad very soon .We are sending him back to you as a gift no matter…

Posted by Pak Armed Forces on Thursday, February 28, 2019

प्रतिक्रिया

सम्बन्धित सामाग्री