शनिबार, ५ जेठ २०८१

यसकारण अस्पतालको छैटौं तल्लाबाट हाम फाले दुई नर्स

समयपोष्ट २०७५ फागुन १७ गते १२:४५

Advertisement

भारतको पटियाला शहरको राजिन्दरा अस्पतालको छैटौं तल्लामा प्रदर्शन गरिरहेका दुई नर्स त्यहाँबाट हाम फालेका छन् ।

कर्मजीत कौर औलख र बलजीत कौर खालसा नाम गरेका ती नर्स जागिर नियमित गराउनुपर्ने माग राख्दै २३ दिन देखि प्रदर्शन गरिरहेका थिए । कर्मजीतले एक हप्ता अघि एउटा भिडियो पोष्ट गर्दै उनले बिहीबार चन्दीगढमा हुने छलफलमा नियुक्तिपत्र नदिए आफू अर्की नर्स साथीसँगै हाम फालेर आत्महत्या गर्ने चेतावनी दिएकी थिइन् । स्वास्थ्यमन्त्रीले उनको मागमा अर्को हप्ता चर्चा गरिने बताएका थिए ।

घटनाका बेला लगभग सात सयको उपस्थिती थियो । प्रशासनका अधिकारीलगायत पुलिस जवानको सामुन्ने यी दुईले हाम फालेका हुन् । दुबैको स्थिती चिन्ताजनक भएको भारतीय मिडियाले बताएको छ ।

दुबै आइसियूमा भर्ना छन् । कर्मजीत नर्सिङ असोसिएशनकी प्रमुख हुन् । स्वास्थ्य मन्त्री ब्रह्म मोहिन्दरादेखि पुलिस र प्रशासनले नर्सले हाम फाल्ने संकेत पाएपनि उनीहरुलाई रोक्न कुनै पनि प्रयास नगरिएको आरोप लागेको छ ।

Advertisement

प्रत्यक्षदर्शीका अनुसार उनीहरुलाई बचाउनका लागि एउटा माछा समात्ने जाली र दुई इन्च मोटो कार्पेट बिछ्याइएको थियो । सुरुमा बलजीत हाम फालिन्, जो जालमा फसिन् । त्यसपछि औलख हाम फालिन् । उनको तौल धेरै थियो त्यसकारण जाल कमजोर भयो र उनीहरु भुइँमा पछारिए ।

हाम फाल्नु अघि दुबै जनाले अरदास (सिखको प्रार्थना) पढेको भारतिय मिडियाहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री