शनिबार, ५ जेठ २०८१

निक प्रियंकाको यो तस्विरमा निककी पुर्व प्रेमिकाले गरिन् यस्तो कमेण्ट

समयपोष्ट २०७५ फागुन १७ गते ११:३७

Advertisement

 

 

बलिउडकी चर्चित नायिका प्रियंका चोपडा श्रीमान् निक जोनसका साथ भ्यानिटी फेयर अस्कर आफ्टर पार्टीमा पुगेकी थिइन् । उक्त पार्टीमा उनले ब्ल्याक एली गाउन लगाएकी थिइन् । उनी निकै आकर्षक देखिएकी थिइन् ।

पार्टीमा प्रियंकाको  लुकले उपस्थित सबैलाई प्रभावित गर्यो । यहाँसम्मकी उनको आउटफिटले निकको पुर्व प्रेमिका माइली साइरस समेत प्रभावित भइन् ।

Advertisement

२६ वर्षे माइलीले निकसँगको प्रियंकाको फोटोमा कमेन्ट गर्दै उनको प्रशंसा गरेकी छिन् ।

सेलिब्रिटी मेकअप आर्टिस्ट पेटी डुबराफले प्रियंकाको एउटा तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । यसमा माइली साइरसले कमेन्ट गरिन्, ‘सुन्दर । धेरैभन्दा धेरै माया !’ माइली र निक कुनै बेला प्रेमी प्रेमिका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री