शुक्रबार, १४ वैशाख २०८१

मिस इको इन्टरनेशनल २०१७ मा भाग लिन रोनाली अमात्य इजिप्ट प्रस्थान

समयपोष्ट २०७३ चैत १८ गते ५:०८

 अप्रिल १ देखि १५ सम्म इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने भएकी छन् । बिभिन्न नेपाली कलासंस्कृती सहित उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरिन ।
८० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्ली सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को अडिसनबाट उनी छानिएकी हुन् ।
छनौट चरणको अडिसनमा पुर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्ठी श्रेष्ठ, मिसन नेपाल अर्थ सुबेक्षा खड्का, अभिनेता मनोज आर सि लगायत निर्णायक रहेका थिए ।
नौं डिजाइनरले तयार पारेका करिब दुई दर्जन आकर्षक पहिरन सहित उनी प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले बताए । कामनपा–११ की २१ बर्षीया रोनाली ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’की बिजेता पनि हुन् । यही उपाधिले उनलाई अन्तराष्ट्रिय प्रतियोगीताको ढोका खोली दिएको हो । टुरिजम र बाताबरण बिषयलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएको ‘मिस इको इन्टरनेशनल’मा आफुले नेपाली कल्चरको प्रवद्धन गर्दै र टुरिजम र बाताबरणका बिषयमा बिशेष प्रस्तुति दिने रोनालीले बताइन् ।

Advertisement

प्रतियोगीताको शिर्ष उपाधि जित्ने उदेश्य सहित आफुले नेपालको प्रतिनिधित्व गर्न लागेको रोनालीले सुनाइन् । आवश्यक बिभिन्न प्रशिक्षण सहित रोनालीलाई प्रतियोगीतामा पठाउन लागेको ग्रिन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । रोनालीको ट्राभलिङ पार्टनर प्यारागन ट्राभल्स एण्ड टुर रहेको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री