बुधबार, २६ वैशाख २०८१

नेपालको शान्ति प्रक्रियाबारे प्रचार गर्न विकसित देशहरु हिच्किचाए : प्रधानमन्त्री

समयपोष्ट २०७३ चैत १७ गते ८:४५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाबारे प्रचार गर्न विकसित देशहरु हिच्किचाईरहेको बताएका छन् । बिहिबार म्यानमारको शान्ति टोली र नेपालस्थित इन्ट्रिस्च्यूड अफ क्राइसिस् म्यानेजमेन्ट स्टडिजद्वारा आयोजित कार्यक्रममा बोल्दै  प्रधानमन्त्रीले  नेपाललाई सानो र गरिव देश भनेर उनीहरुले यति ठूलो नमूना शान्ति प्रक्रियाको प्रचार गर्न हिच्किचाइरहेको बताएका हुँन् । प्रधानमन्त्रीले विकसित देशमा यति ठूलो शान्ति प्रक्रिया भएको भए धनी देशहरुले त्यसको ब्यापक प्रचार र नायकहरुलाई स्थापित गर्ने  बताए ।

Advertisement

प्रधानमन्त्रीले हरेक देशका शान्ति प्रक्रियाका आफ्नै विशेषता र मौलिकता हुने बताउँदै तिनलाई हुबहु अर्को देशमा लागू गर्न नसकिने स्पष्ट पारे । 
प्रधानमन्त्रीले राजनीतिक उद्देश्य भएका आन्दोलन वार्ताका माध्यमवाट हल हुन सक्ने बताउँदै राजनीतिक उद्देश्य नभएका र जनताको जीवन ब्यवहारसँग प्रत्यक्ष जोडिने माग नभएका द्धन्द अपराधिक गतिविधि मात्र हुने प्रष्ट पारे ।  

प्रधानमन्त्रीले शान्ति प्रक्रियाका अनुभवहरु बारे बोल्दै भने, ‘नेपालको शान्ति प्रक्रिया सफल शान्ति प्रक्रियाको कोटीमा पर्दछ । यसका सबै प्रक्रिया अझै सफल भइसकेका छैनन् । तर, यसका मुलभूत रुपमा दुई पक्ष हुन्, यी दुबैमा हामी सफल भएका छौं ।' उनले भने,' हाम्रा अनुभव मौलिक छन् । अरु देशको नक्कल छैनन । राजनीतिक रुपमा राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य भई संघीय लोकतान्त्रि गणतन्त्र स्थापना भएको छ । संविधानसभावाट नयाँ संविधान बनेको छ, नयाँ संविधानमा राजनीतिक उपलब्धीहरु संस्थागत भएका छन् । यसैगरी अर्को धेरै कठिन कार्य फौजी तथा प्राविधिक पाटो थियो, जसलाई हामीले बिश्वका अरु देशका तुलनामा तुलनात्मक रुपमा सहज र सजिलै म्यानेज गर्यौ ।’

प्रधानमन्त्रीले नेपाल र म्यानमारबीच असल मित्रताको सम्बन्ध रहेको बताउँदै त्यहाँ सुरु भएको युद्ध विराम र शान्ति वार्ता निष्कर्षमा पुग्ने बिश्वास व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री