शनिबार, १५ वैशाख २०८१

लक्ष्मी बैंकले जारी गर्ने भयो हकप्रद

समयपोष्ट २०७३ चैत १७ गते ७:५१

लक्ष्मी बैंकले बैशाख ३ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैँया बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गर्ने भएको हो । 

Advertisement

बैंकको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रवन्धक  सिद्धार्थ क्यापिटल रहेको छ । चैत १७ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले जेठ ७ गतेसम्म लक्ष्मी बैंक तथा सिद्धार्थ क्यापिटलबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । 

बैंकको चुक्ता पूँजी हाल  तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ रहेको छ । सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ । उक्त पूँजीको १८.२९ प्रतिशत बोनस बाँडेपछि बैंकको चुक्ता पूँजी साढे सात अर्ब  नाघ्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री