शुक्रबार, ७ वैशाख २०८१

आरआरमा अनेरास्ववियु विजयी

समयपोष्ट २०७३ चैत १६ गते ५:३९

काठमाडौंको प्रदशर्निमाग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुवका सभापतिका उम्मेदवार तपेन्द्रबहादुर शाहीले ६ सय ९९ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसनिकट नेविसंघका उम्मेदवार उत्तमबहादुर साउदले ३ सय ६७ मत पाए ।

Advertisement

त्यस्तै अनेरास्ववियुवका सचिवमा नारायण शर्मा ६ सय ९६ मत सहित विजयी भए भने  संगमप्रसाद देवकोटा ७ सय १० मतसहित कोषाध्यक्षमा विजयी भएका छन् । समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले तीन सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाँचौँले ६ मत प्राप्त गरेका छन् । निर्वाचनमा तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७८ मात्र मत खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री