बिहीबार, १३ वैशाख २०८१

नेपाल लाइफको बोनस सेयर पारित

समयपोष्ट २०७३ चैत १५ गते ५:४१

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सत्रौं वार्षिक साधारण सभाले २६ दशमलव ३१ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । थप साधारण सेयर निष्कासन (एफपिओ) मार्फत कायम भएका शेयरधनीहरुलाई समेत दिने गरि कम्पनीले बोनस सेयरको प्रस्ताव पारित गरेको हो । बोनश सेयर बितरण पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९ करोड पुगेको छ । यो रकम जीवन बीमा क्षेत्रकै सर्वाधिक हो ।

Advertisement

सभाबाट आर्थिक वर्ष २०७२/०७३ को संचालक समितिको बाषिर्क प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह बिवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु सभाले स्वीकृत गरेको छ । यसैगरी, संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा  रमेश गुप्ता, हरिश्चन्द्र सुवेदी, विवेक अग्रवाल एवं प्रकाश बिक्रम खत्री निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री