शनिबार, ८ वैशाख २०८१

आरआरमा तनावका बिच स्ववियु निर्वाचन हुँदै

समयपोष्ट २०७३ चैत १५ गते ५:१४

राजधानीको प्रदर्शनीमार्गस्थित स्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज स्ववियु निर्वाचन भइरहेको छ । भित्र मतदान भईरहदा संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । सोहीक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । फागुन २३ गते निर्वाचनको मिती तोकिए पनि विद्यार्थी संगठन बिच विवादका कारण चुनाव स्थगित भएको थियो ।

Advertisement

चैत २ गते सर्वोच्च अदालतले स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा अन्तरिम आदेश जारी गरेपछि आज चुनाव भएको हो ।क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेका थिए । एमाले भ्रातृसंगठन अनेरास्ववियुका तपेन्द्रबहादुर शाही र कंग्रेस नेविसंघका उत्तम साउद प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् । बिहान ८ देखि साँझ ५ बजेसम्म अन्तिम नामावलीमा प्रकाशित भएका मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरिएको छ ।  

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री