शुक्रबार, १४ वैशाख २०८१

चीनका राष्ट्रपतिसँग खुल्ला र स्पष्ट छलफल भयो :प्रधानमन्त्री प्रचण्ड

समयपोष्ट २०७३ चैत १४ गते ९:२४

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बेइजिङमा भेटवार्ता भएको छ । बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र स्पक्ष्ट छलफल भएको बताए । उनले भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको बताए ।
भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको जानकारी दिँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताए । 
नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री