शुक्रबार, १६ चैत २०८०

आयोगको वेबसाइटमा रहेको नामावली हेरेर निर्वाचनबारे धारणा नबनाउँनुस : निर्वाचन आयोग

समयपोष्ट २०७३ चैत १३ गते ८:१३

निर्वाचन आयोगले आयोगको वेबसाइटमा देखिने मतदाता नामावलीलाई लिएर आगामी निर्वाचनबारे धारणा नबनाउन आग्रह गरेको छ । 

Advertisement

आयोगले वेबसाइटमा अहिले हेर्न सकिने नामावली २०७० को नामावली रहेको भन्दै त्यही सूचीलाई आधार मानेर आगामी निर्वाचनबारे धारणा नबनाउन आग्रह गरेको हो ।

आयोगले आईतबार विज्ञप्ती जारी गर्दै   वेबसाइटमा देखिने परिष्कृत नभएको मतदाता नामावलीलाई लिएर केही सञ्चार माध्यममा नामावलीसम्बन्धी भ्रामक टिप्पणीहरु आएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेको छ ।

२०७० को निर्वाचनपछि लगातार २०७३ फागुन ९ गतेसम्म मतदाता नामावली संकलनको काम भइरहेको र त्यसरी संकलन भएको विवरण अद्यावधीक गर्न बाँकी रहेको आयोगले स्पष्ट पारेको छ ।

२०७० को निर्वाचनपछि संकलन भएका मतदाताहरुको नाम ठेगाना हालको स्थानीय तहअनुसार अद्यावधिक गर्ने, सानातिना त्रुटी हटाउने, दोहोरो नाम हटाउनेलगायत काम भइरहेको पनि आयोगले विज्ञप्तीमा उल्लेख गरेको छ । 

आयोगले नामावली परिष्कृत गर्ने कार्य सम्पन्न भएपश्चात मात्र आगामी निर्वाचनमा भाग लिन पाउने मतदाताको सूची सार्वजनिक गर्ने बताएको छ । त्यस्तो विवरण केही समयपछि मात्र आयोगको वेबसाइटमा प्रकाशित हुने छ ।

आयोगले निर्वाचनको मिति घोषणा गरेको दिन २०७३ फागुन ९ गतेबाट मतदाता नामावली दर्ता गर्ने कार्य तथा नामसारी गर्ने कार्य कानुन अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि रोकिएको समेत पुनः स्मरण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री