बिहीबार, २० वैशाख २०८१

एनआईसी एसिया क्यापिटले निक्षेप सेवाको पायो स्विकृती

समयपोष्ट २०७३ चैत ११ गते ८:२६

एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईसी एसिया क्यापिटलले धितोपत्र निक्षेपसम्वन्धी सम्पूर्ण सेवाका लागि स्वीकृति पाएको छ । एनआइसी एसिया बैंकले विगत दुई बर्ष देखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको थियो । बैंकबाट दिइँदै आएको धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागि सिडिएस एण्ड क्लियरिङ्गले स्वीकृत दिएको हो । 

Advertisement

एनआईसी एसिया क्यापिटलले अब उक्त सेवाहरुलाई अझ बढी प्रभावकारी बनाउने बैंकको विश्वास छ । सेवाग्राहीहरुले एन आई सी एशिया क्यापिटल लिमिटेडको सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल स्थित कार्यालयबाट तथा बैंकका सबै शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्न तथा संचालन गर्न सक्नेछन् । सोही अवसरमा क्यापिटलको वेबसाइट डब्लुडब्लुडब्लु डट् एनआइसी एसिया क्यापिटल डट् कम पनि सुभारम्भ गरिएको कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री