शुक्रबार, १४ वैशाख २०८१

यि आदिवासी जो रुखमा बस्छन् अनि मान्छेको मासु खान्छन् (फोटोफिचर)

समयपोष्ट २०७३ चैत ११ गते ६:५१

आज पनि संसारका केही अलग अलग स्थानमा यस्ता समुदायका मानिसहरु बसोबास गर्ने गर्दछन् जसको जिवनशैली कुनै रहस्य भन्दा कम छैन । चाहे ति अफ्रिकन आदिवासी हुन् या अमेजनमा बसोवास गर्ने जनजातीनै ।

Advertisement

5fयस्तै रहस्यमय जनजाती इण्डोनेशियाको पपुवा प्रान्तको घना जंगलमा बसोवास गर्ने गर्दछन् जसलाई कारोवाई भनिन्छ । कारोवाई जनजातीलाई नरभक्षी भन्ने गरिन्छ । 

1f

सबैभन्दा पहिले एक डच मिशिनरीले सन् १९७४ मा यो जनजातीको बारेमा पत्ता लगाएको थियो । सन् १९७४ अघि यो जनजातीको बारेमा दुनियाँ अनभिज्ञनै थियो । यस जनजातीको बारेमा थाहा पाए पछि उक्त ठाउँमा मानिसहरुको आवतजावत बढ्न थाल्यो । नब्बेको दशकमा उक्त स्थानमा वेश्याबृत्तिनै हुन थालेको बताईन्छ तर सन् १९९९ मा सरकारको पहलकदमी पछि त्यस्ता विकृतीहरुको अन्त्यनै भए । 

6f
मानिसहरुको आवत्जावत् हुँने गरेपनि कारोवाई जनजातीहरु वाहिरी दुनियाँसंग बेखबरनै ै छन् । यि जनजातीहरु जमिनबाट ६ देखि १२ मिटर उचाइको रुखमा बनेको घरमा बस्ने गर्दछन् ताकी यस्तो घरमा बस्दा बाहिरी आक्रमण र खराव आत्माबाट बच्न सकियोस् ।

10f यि जनजातीहरु जिवनयापनको लागि शिकार गर्ने गर्दछन् । यो जनजातीको बारेमा डकुमेण्ट्री पनि बनिसकेको छ । अन्धविश्वासमा अत्याधिक विश्वास गर्ने हुँदा यिनीहरुले मानिसहरुलाई समेत मारेर खाने गरेको बताईन्छ । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री