शुक्रबार, १४ वैशाख २०८१

शतप्रतिशत हकप्रदका लागि लक्ष्मी बैंकले तोक्यो बुकक्लोज मिति

समयपोष्ट २०७३ चैत ११ गते ५:२८

लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद निष्काशनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति तोकेको छ । बैंकले  चैत १८ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको हो ।

Advertisement

लामो समयसम्म हकप्रदको प्रकृया अघि नबढाई धितोपत्र बोर्ड पुगेको बैंकले केही दिन अघि हकप्रद निष्काशनको अनुमति पाएको थियो । बैंकको हकप्रद निष्काशनको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ ।

अहिले तीन अर्ब १५ करोड ९० लाख ३० हजार चार सय रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले सोही पूँजी बराबरको हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी छ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ । उक्त पूँजीको १८ दशमलव २९ प्रतिशत बोनस बाँडे पछि बैंकको चुक्ता पूँजी साढे सात अर्ब रुपैंया नाघ्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री