शनिबार, ८ वैशाख २०८१

‘समयमा भर्ना नखोलिदिँदा धेरै विद्यार्थी बाहिर जान्छन्’

समयपोष्ट २०७३ चैत ११ गते ३:५२

अहिले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु भएको छ । नेपालमा भर्ना प्रक्रिया धेरै ढिलो र छोटो समयका लागि मात्र हुने समस्या छ । ढिलो भर्नाका कारण धेरै विद्यार्थी विदेश पढन गइसकेका हुन्छन् । अरू सबै देशका विद्यालयको जनवरी, फेब्रुरअरीमा भर्ना हुन्छ । तर, हाम्रोमा मार्चमा मात्रै भर्ना खोल्ने चलन छ । समयमा भर्ना नहुँदा सबैभन्दा धेरै विद्यार्थी यही डेढ महिनामा बाहिरिन्छन् । हाम्रो पसल बन्द गराइदिने बोर्डरपारिको पसल खुलाइदिएपछि ग्राहकले त जहाँ पुगेर भए पनि खुला पसलमै सामान किन्छन् । बन्दपसलमा त कोही आउँदैन । स्कुल सुरु हुनुभन्दा अगाडि नै भर्ना गर्नुपथ्र्यो, जसले गर्दा विदेश जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिने थियो । यो समस्या मैले मन्त्रालयमा लिखित र मौखिक दुवै रूपमा राखेको छु । तर, यो विषयमा सरकार किन गम्भीर छैन । मिडियाले पनि केही बोल्दैनन् । किन यस्तो नियम कानुन आउँछ, मलाई अचम्म लागेको छ । 

Advertisement

पहिलो नयाँ सेसनको समयमा भर्ना लिएपछि मात्र कसरी प्लानिङ गर्ने भन्ने कुरा आउँछ । भर्ना लिएपछि मात्र कति बच्चाहरू छन्, कति टिचर चाहिन्छन्, कति ठूलो कक्षाकोठा, कति बेन्चहरू चाहिन्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ । दोस्रो हाम्रा विद्यार्थी भारतलगायतका अन्य मुलुकमा गइसकेपछि हामीसँग विद्यार्थी नै हुँदैनन् । पुराना डाटाहरू हेर्ने हो भने नेपालमा अहिले विद्यार्थी घट्दै छन् । विद्यार्थी घट्ने कारणहरू पनि यिनै हुन् । भर्ना हुने विद्यार्थी सबै बाहिर गएपछि हामीलाई नियममात्र लगाइदिनुको कुनै अर्थ हुँदैन । 

anil kedia 1

डीएभीका विशेषता

अन्य विद्यालयभन्दा हाम्रो विद्यालय धेरै कुरामा फरक छ । विद्यालय सञ्चालनको सुरुवाती अवस्थामा शिक्षक थिए तर गुरु थिएनन् । स्कुल थियो विद्यालय थिएन । स्टुडेन्ट थिए तर विद्यार्थी थिएनन् । अहिले नेपाल र संसारका कुनै पनि देशमा विद्यार्थीलाई मूल्यमान्यता सिकाइन्छ । विद्यार्थीलाई सिकाउने पनि त्यही नै हो । शिक्षा दिने र अन्य प्राविधिक विषय भने पछि आउने कुरा हुन् । अनुशासन, मूल्यमान्यता छैन भने त्यसको कुनै अर्थ हुँदैन । अनाडीलाई हतियार थमाइदियो भने ऊ त झन् खराब हुन्छ । अहिले हामी संसारमा देखिरहेका छौं, पढेलेखेका वर्गहरूले नै आतंक फैलाइरहेका छन् । जति पढेलेखेको छ, उति नै धेरै आतंक मच्चाइरहेको छ । त्यस्तो पढाइको कुनै अर्थ छैन । त्यसैले हाम्रो स्कुलको सन्दर्भमा भन्नुपर्दा डीएभी भनेकै दयानन्द याङग्लो वेधिक हो । हामी नयाँ पूर्वीय मूल्यमान्यता र पश्चिमा प्रविधिलाई पनि नकार्न सक्दैनौं । धेरै कुरा बोल्नु छ भने प्रविधि चाहिन्छ । त्यसमा दुईमत रहेन । पूर्वीय मूल्यमान्यतामा गुरुकुलको जुन मूल्य मान्यता, संस्कार छ, त्यसलाई आत्मसात् गर्नुपर्छ । अहिले विश्वलाई नै यही कारणले लिड गरिरहेको छ । अमेरिका, युरोप सबैतिर स्कुलिङ सिष्टमका कारणले लिड गरिरहेको छ । 

anil kedia 2

प्रविधिमैत्री सिकाइ

अहिलेको जमानामा आईटी छाड्दिने हो भने हामी अगाडि बढ्नै सक्दैनौं । त्यस्तै पूवीर्य संस्कार, मूल्यमान्यता वा सनातन धर्म संस्कृतिलाई अगाडि लिएर गएन भने सफल हुन गाह्रो छ । यी कुरा भनेको एउटा पन्छीका दुईवेटा पखेटाहरू जस्तै हुन् । एउटा पखेटा राम्रो हुने र अर्को नहुने हो भने त्यो पन्छी उड्नै सक्दैन । त्यसैले हाम्रो आईटीको पनि छुट्टै डिपार्टमेन्ट छ । त्यति ठूलो डिपार्टमेन्ट नेपालको कुनै पनि विद्यालयमा सायद छैन होला । आईटी स्पेसलिस्टहरू चौबीसै घन्टा हामीकहाँ रहन्छन् । वेबसाइटहरू अपडेट भइरहन्छन् । अहिले हामीले एप्सबाटै सबै काम गर्दै आएका छौं । हामी अभिभावकहरूलाई नोटिस पनि एप्सबाटै पठाउँछौं । टिचरहरूलाई केही भन्नुपर्दा त्यो पनि एप्सबाटै हुन्छ । असाइनमेन्टहरू पनि एप्सबाटै पठाउने प्रक्रियाको थालनी गरिसकेका छौं ।

योगको महत्व

yoga

योग भनेकै मन र शरीरको जोड हो । शरीरमा केही हुनेबित्तिकै त्यसको प्रतिक्रिया मनमा आउँछ । मनमा केही कुरा आउनेबित्तिकै त्यसको प्रतिक्रिया शरीरमा आउँछ । अहिलेका बच्चाहरू अभिभावकले केही भन्यो कि झगडा गरिहाल्छन् । अमेरिकामा त झन् गोली नै चलाउने गरेका घटनाहरू पनि छन् । इमोसनल भ्यालुजहरू बलियो भएन भने जति पढे पनि एउटा घटनाले दुर्घटना निम्तिन सक्छ । वल्र्ड ट्रेड सेन्टरमा जहाज लगेर ठोक्काउने त पाइलट नै थिए । योगा गर्ने अनि आध्यात्मिक चेतना भएको भए यो घटना घट्ने थिएन । माइन्ड र इमोसनल भ्यालुजलाई ब्यालेन्स गर्नकै लागि बालबालिकालाई योगा गराइएको हो । चुरोटको बट्टामा स्वास्थका लागि हानिकारक छ भनेर लेखिएको हुन्छ । जापानमा ९० प्रतिशत मानिसले चुरोट पिउँछन् । सतप्रतिशत शिक्षित छन् तर त्यहाँ शिक्षा मात्र भएर भएन । उनीहरूसँग योग र ज्ञान नभएपछि भनाइ र गराइमा फरक आयो । 

अभिभावकलाई सुझाव

हामीले यो स्कुल सञ्चालन गर्न थालेको पच्चीस वर्ष भइसक्यो । हामी केही सामग्री किन्दा त्यसको विज्ञापन हेरेर लिने गर्छौं । हुन त कुनै पनि क्षेत्रमा विज्ञापनले पनि सपोर्ट त गर्छ तर त्यो सपोर्टमात्र हो । कुनै पनि अभिभावकले आफ्ना छोराछोरी भर्ना गर्ने बेलामा दस ठाउँमा बुझेका हुन्छन् । त्यस्तै आफन्तका छोराछोरीहरू पढ्ने विद्यालय छ भने पनि उसले त्यहाँबाट धेरै सूचनाहरू पाइराखेको हुन्छ । त्यहाँबाट पनि अभिभावकहरूले कहाँ पढाउने भन्ने मनस्थिति बनाइसकेका हुन्छन् । मेरो स्कुलमा यस्ता–यस्ता सुविधाहरू विद्यार्थीका लागि छन् भनेर मैले भन्नुको केही अर्थ रहँदैन । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री