मंगलबार, ११ वैशाख २०८१

हिमालयनको सेयर लिलामीमा खुल्यो,चैत्र १६ सम्म आवेदन दिन पाईने

समयपोष्ट २०७३ चैत १० गते ९:०७

हिमालयन बैंक लिमिटेडले १ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर लिलामीमा राखको छ । बैंकले हकप्रदमा नबिकेको सेयर लिलामीमा राखको  हो ।लिलामीमा राखको सेयर लगानीकर्ताले चैत्र १६ गतेसम्म आवेदन दिन पाउँनेछन् । लगानीकर्ता प्रतिकित्ता न्यूनतम सय रुपैयाँका दरले कम्तिमा एक सय कित्ता तथा बढी सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

Advertisement

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन गर्न सकिने छ । 

हिमालयनले गत कात्तिक २६ देखि मंसिर ३० सम्मसात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको एक लाख ४५ हजार कित्ता सेयरको लिलामी खोलेको हो ।

 

हाल हिमालयनको सेयर बजारमा ९६० रुपैयाँको हाराहारीमा सेयर किनबेच भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री