शुक्रबार, १६ चैत २०८०

‘पैसा तिरेरमात्र राम्रो शिक्षा पाइन्छ भन्ने छैन’

समयपोष्ट २०७३ चैत १० गते ५:४०

अञ्जु भट्टराई भक्तपुरको काँडाघारीस्थित अक्षरा स्कुल र युरो किड्सको सञ्चालक प्रिन्सिपल छिन । पूर्र्वी पहाडी जिल्ला खोटाङमा जन्मिएकी अञ्जु भट्टराई मध्यमवर्गीय परिवारबाट आएकी हुन् । उनको परिवारका अरू सदस्यहरू सरकारी जागिरमा छन् । दिक्तेलबाटै एसएलसी दिएपछि उनले निजी विद्यालयमा पढाउन थालिन् । त्यो बेला उनको मासिक तलब ६ सय रुपैयाँमात्र थियो । पढाउँदै जाँदा बिस्तारै उनको बालबालिकासँग निकै नै लगाव बस्यो । बालबालिकाको निर्दोष भावना, उनीहरूले गर्ने प्रश्नले, उनीहरुको सिर्जनशिलता जस्ता कारणले गर्दा उनले शिक्षा क्षेत्रमै आफ्नो भविष्य देख्न थालिन् । ‘शिक्षाले मात्र समाज परिवर्तन गर्न सक्छ, त्यसका लागि बालबालिकाबाट सुरु गर्नुपर्ने लाग्यो । उनी भन्छिन्, ‘त्यही कारण म यो क्षेत्रमा समर्पित छु ।’ 

Advertisement


हामीले युरो किड्स इसिडी लेभलको फ्रेन्चाइजी सञ्चालन गरेका छौं । यसमा नर्सरी, एलकेजी, युकेजीका बालबालिका प्रि स्कुलअन्तर्गत पढ्छन् । कक्षा एकदेखि दससम्मको अक्षरा स्कुल सञ्चालन गरेका छौं । नेपाल सरकारको स्वीकृतिप्राप्त यो स्कुलमा नेपाल सरकारकै पाठ्यक्रम पढाउँछौं। 
 

स्कुलका विशेषता
सिंगल फिलोसफीले बालबालिकाको विकास हुँदैन । हामी कक्षामा धेरै किसिमका फिलोसफीहरू प्रयोग गरेर बाबिालिकालाई विभिन्न क्रियाकलापमा सहभागी गराएर पढाउँछौं । हामीले शिक्षालाई जीवनसँग लगेर जोडेका छौं । बालबालिकाको चौतर्फी विकासजस्तै शारीरिक, सामाजिक, बौद्धिक र भावनात्मक विकासलाई जोडेर हामीले शिक्षा प्रदान गर्दै आइरहेका छौं । 

हाम्रो फिलोसफी संस्कारयुक्त शिक्षा भन्ने रहेको छ । जुन अहिले समाजमा खड्किएको छ । हाम्रो वर्किङ मोडल एलआरपीए लर्निङ, इन्फोर्समेन्ट, प्राक्टिस र एप्लिकेसन । यी चार विधिबाट हामी बालबालिकालाई कक्षाकोठामा सिकाउँछौं । बालबालिकालाई उसले विद्यालय तहको शिक्षा सकाउँदै गर्दा एउटा जिम्मेवार, आफ्नो समस्याको समाधान आफैं गर्न सक्ने ग्लोबल सिटिजन उत्पादन गर्ने हाम्रो प्रयास हो । हामीले एउटा कक्षामा चौबीसजना मात्र विद्यार्थी लिने गरेका छौं । कक्षाकोठाको साइज पनि त्यति नै भएको हुँदा हामी त्योभन्दा बढी विद्यार्थी लिँदैनौ । एउटा कक्षामा दुईजना टिचरहरूले चौबीसजना बालबालिकालाई पढाउनुहुन्छ । मात्रामा भन्दा पनि गुणमा विश्वास गर्ने हुँदा हामीले शिक्षालाई एकदम सरल बनाएका छौं । क्रियाकलाप गराएर बालबालिकालाई सिकाउँदा उनीहरूले जति पनि सिकेका हुन्छन्, त्यो व्यवहारमा पनि उतार्न सक्ने हुन्छन् । हाम्रोमा प्रयोगात्मक सिकाइ बढी हुँने भएकाले बालबालिका जहिले पनि सिक्न उत्साहित हुने गर्छन् । 

anju 2

आईसीटीको प्रयोग
आईसीटी प्रविधि अहिलेको सबैभन्दा बलियो हतियार हो । हामीले हरेक कक्षामा प्रोजेक्टर जोडेका छौं । वैज्ञानिकहरूले गरेका खोज अनुसन्धानका कुराहरू प्रविधिमार्फत समयसापेक्ष रूपमा विद्यार्थीलाई दिने गरेका छौं । कक्षा ६ देखि १० सम्मको पढाइको पद्धति नै बढी अनुसन्धान केन्द्रित छ । प्रोजेक्ट बेस लर्निङलाई हामी बढी प्राथमिकता दिन्छौं । स्कुलमा वाइफाई फ्री छ । हामीले कम्प्युटर क्लास हरेक लेभलका विद्यार्थीलाई उपलब्ध गराएका छौं । विद्यार्थीले आवश्यक कुरा कम्प्युटरमा इन्टरनेटमार्फत हेर्न सक्छन् । हामीले भर्खरैमात्र आईसीटी कन्फ्रेन्स गर्यौं । विद्यार्थीले त्यस कन्फ्रेन्समा भरपुर मात्रामा प्रविधिको प्रयोग गरे ।

अभिभावकलाई सुझाव 
सबैभन्दा पहिला आफ्नो सन्तानको शिक्षामा कति खर्च गर्न सक्नुहुन्छ, बजेट छुट्ट्याउनुहोस् । त्यसपछि त्यो लेभलको कम्तीमा पनि पाँच,छवटा जति स्कुल हेर्नुहोस् । पैसा तिरेरमात्र राम्रो शिक्षा पाइन्छ भन्ने छैन । सबै विद्यालयको आ–आफ्नो लक्ष्य हुन्छ । शिक्षाप्रेमी, शिक्षा बुझेका र शिक्षाबाट कमाइ थोरै सेवाको भाव बढी भएका व्यक्तिहरूले खोलेको स्कुल छान्नुहोस् । अरुले भनेका आधारमा कुनै विद्यालयमा जानुभन्दा पनि आफैंले बुझेरमात्र निर्णय लिनुहोस् । अर्को कुरा बालबालिकालाई सर्वगुणसम्पन्न बनाउनका लागि विद्यालयमात्र सबैथोक होइन । जुन विद्यालयमा लगे पनि पहिलो कुरा बच्चाको खुबी र उसको कमजोरी हेर्नुहोस् । बालबालिकामा भएको खुबीलाई उजागर गर्दै उनीहरूको कमीकमजोरीलाई सुधार्ने प्रयास गर्नुपर्छ । त्यसैगरी, विद्यालय परिवारसँग अन्तक्र्रिया, संवाद गर्दै बालबालिकाको विकासमा जोड दिने हो भने जुनै विद्यालयमा पढे पनि बालबालिकाले राम्रो गर्न सक्छन् ।

Anju Mam

अर्को कुरा हामीले विद्यार्थीहरुलाई दिन खोजेको प्रोग्रेसिभ एजुकेसन हो । प्रोग्रेसिभ एजुकेसनले बालबालिकालाई ग्लोबल्ली ट्याकल गर्ने सोचको विकास हुन्छ । बालबालिकाको विकास वान डाइमेन्सनले पुग्दैन । अहिले प्रविधिले यति धेरै विकास गरेको छ कि पूरै विश्व एउटा गाउँजस्तो बनिसक्यो । यो बदलिँदो परिस्थितिअनुसार हामी अपडेट हुन सकेनौ भने आउटडेटेड हुन्छौं । प्रोग्रेसिभ एजुकेसन हामीले दिन खोज्नुका कारण भनेको यसले समयानुसार बालबालिकालाई अपडेटेड राख्छ । गुरुकुल स्कुलबाट डिजिटल प्रविधिमा आइसक्दा पनि अहिले हाम्रो शिक्षामा आत्मनिर्भरता छैन । हाम्रो शिक्षा कन्टेक्सचुअल भएन । थ्यौरी बेसमात्र भयो । अर्को कुरा हाम्रो शिक्षा बालबालिकाको उमेर ठाउँ अनुसार केन्द्रित भएन । हाम्रो उद्देश्य के हो भने कम्तीमा पनि कक्षा दससम्म पढ्दा हाम्रा विद्यार्थीले नेपाललाई चिन्न सकून् । आफ्नो समाजलाई बुझ्न सकून् र नेपालमा भएको सम्भावना देख्न सकून् । त्यससँगै अन्तर्राष्ट्रिय जगत्सँग प्रतिस्पर्धा गर्न सकून् भन्ने हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री