शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री दाहाल आज चीन जाँदै

समयपोष्ट २०७३ चैत १० गते ४:५१

प्रधानमन्त्री पुष्पकमल दाहाल आज सातदिने चीन भ्रमणमा जाँदै छन् । बोआओ फोरमको सम्मेलनमा भाग लिन प्रधानमन्त्री  दाहाल चीन जान लागेका हुन् । दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् ।  प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ । 

Advertisement

प्रधानमन्त्री प्रचण्डले चिनियाँ शीर्ष नेता झाङसँग ११ चैतमा हँइनानमा द्विपक्षीय छलफल गर्ने छन् ।  भ्रमणका क्रममा चीनसँग कुनै सम्झौता नहुने बताइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । द्द्घाटनपछि उनले नेपाल-चीन सम्बन्धका विषयमा विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री