शनिबार, १५ वैशाख २०८१

राप्रपा कार्यकर्ता र प्रहरीबीच

समयपोष्ट २०७३ चैत ७ गते ८:४७

कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका  राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए । 

Advertisement

शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको हो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथ ढुंगा प्रहार गरेका थिए । त्यसपछि दुबै बिच झडप हुँदा राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका छन्। 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री