शुक्रबार, १४ वैशाख २०८१

विकासले हात पारे हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि

समयपोष्ट २०७३ चैत ७ गते ७:२१

हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि विकास शाहले हात पारेका छन् । शनिबार गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा भएको एकदिने प्रतियोगितामा १ सय १५ प्रतिष्पर्धिलाई पछि पार्दै उपाधि जितेका हुन् । ३९ अंक जोड्दै शाहले उपाधिसँगै एक लाख रुपैयाँ बराबरको पुरस्कार हात पारे । त्यस्तै स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा ३८ अंक सहित आङनोर्बु शेर्पा दोस्रो बन्नपुगे । आङनोर्बुले  ५० हजार रुपैयाँ बराबरको उपहार सहित मोस्ड बर्डीको पुरस्कार समेत प्राप्त गर्न सफल भए । त्यस्तै ३६ अंक सहित निश्चयजङ रायमाझी तेस्रो बन्न पुगेका छन् । सिनियर ६० वर्षमाथिको उपाधि गोपाल चित्रकारले हात पार्दै २० हजार रुपैयाँबराबरको पुरस्कार पाए ।

Advertisement

हुन्डाई वनरतर्फ ३४ अंक सहित जाम्लिङ घले पहिलो भएका छन् । उपाधिसँगै उनले आकर्षक उपहार पाए । जुनियरतर्फ १८ अंक बनाएका साम डोपलर्ड पहिलो भए । लंगेस्ट ड्राइभको पुरस्कार संयोग शाही, क्लोजेस्ट टु दि पिनको पुरस्कार आङछिरिङ शेर्पाले जिते । बिजेतालाई नेपालका लागि दक्षिण कोरियाका राजदूत जोय योङ जिन, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा अध्यक्ष सुहृद घिमिरे लगायतले पुरस्कार प्रदान गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री