बिहीबार, १३ वैशाख २०८१

समुन्द्रको गर्भमा लुकेका छन् कर्यौ यस्ता आश्चर्य

समयपोष्ट २०७३ चैत ६ गते ६:२२

विशेषज्ञहरुका अनुसार मानिसले समुन्द्रको बारेमा भन्दा बढी जानकारी चन्द्रमाको बारेमा हासिल गरेका छन् । संसारको करीब ७१ प्रतिसत् भुभागमा समुन्द्र लहराएको हुन्छ । तर मानिसहरुले भने समुन्द्रको जम्मा पाँच प्रतिसत् भुभागको बारेमा मात्र जानकारी प्राप्त गरेको विशेषज्ञहरुको दाबी छ । समुन्द्रको ९५ प्रतिसत् भुभागको बारेमा मानिसहरु अनभिज्ञ रहेका छन् । समुन्द्रले ठूलो भन्दा ठूलो आश्चर्यहरु लुकाएर राखेको विशेषज्ञहरु बताउँछन् । 
माथि देखाईएको तस्विर दक्षिण फिलिपिन्सको सामुन्द्रिक तटमा वेवारिसे अवस्थामा पाईएको ढुंगाकोे हो । जसमा जर्मन नागरिक नाविक मेनफ्रेड फ्रिट्ज बेजोराटको सव टेवलमा टाउँको अड्याएर सुतिरहेको अवस्थामा पाईएको थियो । सव नकुहिएको तर ममि बनिसकेको अवस्थामा बेजोराटको बडी भेटिएको थियो । अटोप्सी पछि बैज्ञानीकहरुले उनको मृत्यु सात दिन पहिले भएको पत्ता लगाए तर मृत्यु पछि उनको सब यति छोटो समयमा ममि बनेको थाहा पाउँदा चकित परे जुन असम्भव रहेको विशेषज्ञहरु बताउँछन् । 2

Advertisement

जापानको योनागुनी तटमा भेटिएको यो कुनै पुरानो सहर जस्तो देखिने संरचनाको बारेमा बिशेषज्ञहरुकै एक मत छैन । कसैले यो सहर अलौकिक शक्तिले निमार्ण गरेको राय ब्यक्त गरेका छन् त कोहि मानिसहरु भन्दा पनि अन्य कुनै सभ्यताले बनाएको बताउँछन् । 

3

दक्षिणी जापानको समुन्द्र मुनि भेटिएको यो गोल आकृति सन् १९९५ मा पहिलो पटक देखिएको थियो । त्यसपछि  गोताखोरहरुले समुन्द्र मुनि यस्ता कैर्यौ आकृतिहरु फेला पारे । धेरै जसो मानिसहरु यो आकृति एलियनहरुले बनाएको विश्वास गर्छन् । मानिसहरु एलिएनको युएफओ यानि एलियनको प्लेन अथवा सिपले यस्तो संरचना बनाएको बताउँछन् ।  तर बैज्ञानीकहरुले भने सन् २०११ मा पाँच इञ्ज लामो मेल पफर माछाले फिमेल माछालाई आकर्षित गर्नको लागि त्यस्तो संरचना बनाएको बताएका थिए । तर पनि मानिसहरु भने यसलाई अझैसम्म पनि एलियनले बनाएको विश्वास गर्छन् ।   

5

सन् २००१ मा क्युबाको समुन्द्र मुनि सहर भएको पत्ता लाग्यो । जसमा कर्यौ पिरामिड,खम्बा,ज्योमेट्रिकल संरचना र गोल आकृतिहरु फेला परे । यो शहर पानीमा डुबेको हुनसक्ने बताइदै आएको छ जहाँ हजारौँ बर्ष पहिले मानिसहरुको बसोबास रहेको अनुमान गरिएको छ । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री