बुधबार, १२ वैशाख २०८१

अल्पाइनलाई सेञ्चुरीले प्राप्ती गर्ने

समयपोष्ट २०७३ चैत ५ गते ९:३७

सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । दुबै कम्पनीबीच प्राप्ती गर्ने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।हेटौंडामा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो पुँजीमा हकप्रद जारी गरी करिब ४४ करोड पुँजी पुर्याएर समाहित हुने जनाईएको छ ।सेञ्चुरी बैंकले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने सहमति गरिसकेकोे छ । अल्पाइन डेभलपमेन्ट बैंकको हाल १५ वटा शाखाहरु संचालनमा रहेका छन् । सेञ्चुरी बैंकले चार संस्था प्राप्तीबाट करिब २ अर्ब पुँजी प्राप्त गर्ने छ । हाल सेञ्चुरी बैंककोे चुक्ता पुँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री