बिहीबार, १३ वैशाख २०८१

धाबक संजय पण्डितले पाए सामसुङ ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार

समयपोष्ट २०७३ चैत ५ गते ९:२३

विश्व अल्ट्रा पर्वतारोही तथा धाबक संजय पण्डितले उपहार स्वरूप ६० हजार रुपैयाँ पर्ने ग्यालेक्सी सी ९ प्रो मोबाइल पाएका छन् । सामसुङ नेपालको आधिकारिक बिक्रेता आइ एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त मोबाइल पण्डितलाई हस्तान्तरण गरे । 

Advertisement

गत जनवरीमा अन्टार्टिकाको सर्बोच्च शिखर बिन्सोंन मसिफ र चर्चित पर्बत रजम्यान आरोहण गरेका पण्डितले उक्त हिमाल आरोहण गर्दा सामसुङ मोबाइल प्रयोग गरेका थिए। 
आइ एम एस ग्रुपले अस्ट्रेलिया,अमेरिका, युरोप,अन्टार्टिकाको सर्बोच्च शिखर आरोहणमा पण्डितलाई आर्थिक सहयोग गरेको थियो । ग्यालेक्सी सी ९ प्रो गत हप्ता नेपालमा लन्च भएको फोन हो । 

सगरमाथा, मनास्लु सहित विश्वका चर्चित ११ पर्वत आरोहण गर्न सफल पण्डितले अफ्रिकाको किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च  शिखर कोजियस्को उल्टो पैदल हिँडेर आरोहण कृतिमान कायम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री