शुक्रबार, १६ चैत २०८०

आजबाट नेपाल छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु,जडिबुटी र उच्च हिमाली उत्पादन मुख्य आकर्षण

समयपोष्ट २०७३ चैत ३ गते ९:३१

नेपाल छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको र मेला चैत ७ गतेसम्म चल्ने छ । ५ लाख अवलोकनर्ताले अवलोकन गर्ने अनुमान गरिएको मेलाबाट २० करोड बढीको कारोबार हुने अनुमान आयोजकले गरेका छन् ।

Advertisement

मेलामा स्वदेशी एवम् विदेशी बस्तु तथा सेवाको हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका ३ सय ४० स्टल छन् । नेपाली जडीबूटीका उत्पादनहरुका ३५ वटा स्टल छन् ।महासंघको कृषि उद्यम केन्द्र अन्तर्गतको हिमाली आयोजनाका ७० वटा स्टल मार्फत कृषि उत्पानहरुको प्रदर्शनी पनि गरिएको छ । मेलाको मुख्य आकर्षण जडिबुटी र उच्च हिमाली भेगका कृषि उत्पादन रहेका छन् । मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री