बिहीबार, ६ वैशाख २०८१

गभर्नरले भने – गरीबलाई शोषण गरेर अर्बपति बन्ने सोच भए लघुवित्त कम्पनी नचलाउ

समयपोष्ट २०७३ चैत २ गते ७:०६

गभर्नर डा.चिरञ्जिवि नेपालले लघुवित्तबाट गरीबलाई शोषण गरेर अर्बपति बन्ने मनस्थिति भएकालाई कम्पनी सञ्चालन नगर्न आग्रह गरेका छन् ।राजधानीमा चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ लाई सम्बोधन गर्दे गभर्नर नेपालले लघुवित्तकै कारण घरवार विहिन भएको र झुण्डिएको घटना घट्ने गरेकाले राष्ट्र बैंक यस विषयमा संवेदनसील बनेको भन्दै लघुवित्त सञ्चालन नगर्न आग्रह गरेका हुन् ।

Advertisement

 कार्यक्रमा बोल्दै गभर्नरले भने,"करोडपति र अर्बपति बन्ने सोच पाल्नु भएको छ भने लघुवित्त कम्पनी नचलाउनुस् ,गरीबलाई शोषण गर्ने काम हुनु भएन ।"उनले भने, "राष्ट्र बैंकले नयाँ सामान्ती शोषकहरुलाई गाँऊ छिरायो भन्ने आरोप लाग्ने गरेको छ । लघुवित्तकै कारण घरवार विहिन भएको र झुण्डिएको घटना सुन्न नपरोस् भनेर नै राष्ट्र बैंक संवेदनसील बनेको हो ।"

कार्यक्रमा उनले लघुवित्त कम्पनीहरुले सेयर सेयरबजारमा हुने कारोबारलाई आधार बनाएर संचालन हुन नहुनेमा जोड दिए । उनले लघुवित्तको मूल्य मान्यता भन्दा बाहिर जाने संस्थालाई कारबाही गर्न राष्ट्र बैंक बाध्य हुने चेतावनी समेत दिए ।

उनले भने,"यो राम्रो काम होईन, पछिल्लो समयमा लघुवित्त कम्पनीहरुमा बढी नै विकृति देखिएको छ । यस्ता विकृति नियन्त्रण गर्न राष्ट्र बैंक केही कदम चाल्न बाध्य छ ।"

अहिले सुदुर पश्चिमका नौ विकट जिल्लामा लघुवित्त संचालनका लागि लाइसेन्स बन्द नभएको र २२ विकट जिल्लामा जाने लघुवित्तलाई शुन्य ब्याजदरमा पुन कर्जा उपलब्ध गराइरहेको भन्दै यसलाई उपयोग गर्न पनि गभर्नर नेपालले आग्रह गरे ।

साथै गभर्नर नेपालले वित्तीय कारोबार गरिरहेको गैर सरकारी संस्थाहरुलाई चैत्रमसान्तभित्र कम्पनी रष्जिटारमा दर्ता भएर राष्ट्र बैंकको नियमन भित्र आउन समेत आग्रह गरे ।

तीन दिन सम्म चल्ने सम्मेलनमा लघुवित्त सम्बन्धी विविध विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री