बिहीबार, १३ वैशाख २०८१

विभिन्न छुट सहित एडभान्स अटो मोबाइल्सले सार्वजनिक गर्यो ‘रेनो वाउ अफर’

समयपोष्ट २०७३ चैत १ गते ८:२१

रेनो कारको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्सले ‘रेनो वाउ अफर’ सार्वजनिक गरेको छ ।‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नाउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित सुरु भएको ‘रेनो वाउ अफर’  यहि साता देखि लागु हुने कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीका अनुसा रेनोको क्विड र डस्टर गाडी किन्दा न्यूनतम मासिक किस्तामा क्रमशः २८ हजार दुई सय र  १३ हजार तीन सय ५७ रुपैयाँ तिर्नुपर्नेछ । यसको लागि ८.९९% वार्षिक ब्याज दरमा ग्राहकहरुले  फाइनान्सको सुबिधा पाउनेछन् ।  यो योजनामा दुई वर्षको निशुल्क सर्भिस, एक वर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री