शनिबार, १५ वैशाख २०८१

दूरसञ्चारले ५१ प्रतिशत नगद लाभांस दिने, लाभांश आजदेखि वितरण गरिने

समयपोष्ट २०७३ चैत १ गते ८:१४

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ५१ प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको सोमबार सम्पन्न नवौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७२/७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा प्रतिवेदन पेस गर्दै कम्पनीले विगत वर्षमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याएको बताए।

उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार विस्तारलाई मजबुत गरिएको बताउँदै व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनीले सेवाको सङ्ख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए।

सचिव गुरुङले आव ०७२/७३मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै सो अवधिमा कुल राजस्वमा ३.६८ प्रतिशतले बढाएर १३ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको बताए । उनले गत आवको तुलनामा यो वर्ष १५.६५ प्रतिशतले ग्राहक सङ्ख्या वृद्धि भएको जानकारी दिए।सेयरधनीहरुलाई दिने भनिएको लाभांश रकम  चैत्र १ गते देखि वितरण गरिने कार्यक्रममा जानकारी दिईयो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री